एनआरएन लघुवित्तको साधारणसभा भदाै २० मा, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआरएन लघुवित्तको साधारणसभा भदाै २० मा, यस्ता छन् एजेन्डा



काठमाडाै । एनआरएन लघुवित्त वित्तीय संस्थाको भदौ २० गते शनिवार कैलालीको धनगढीस्थित होटेल साथीमा विशेष साधारणसभा आह्वान गरेको छ ।

एफपीओ निष्काशनको मुख्य एजेन्डा सहित सभाले मर्जरपछि कायम रहने संस्थाको आगामी ४ वर्षे कालका लागि ४ जना संस्थापक र २ जना सर्वसाधारणका तर्फबाट गरी जम्मा ६ जना सञ्चालक चयन गर्नेछ।

सभाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। नाम परिवर्तनपछि संस्थाको कर्पोरेट कार्यालय काठमाण्डौको बूढानीलकण्ठमा स्थापना गर्ने प्रस्ताव पनिसभाले पारित गर्नेछ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार १५:०९