काठमाडौं । राजनीति र सामाजिक कर्ममा क्रियाशिल इलामका लोकनाथ सुवेदी समाजकल्याण परिषदको कोषाध्यक्षमा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई परिषदको कोषाध्यक्षमा नियुक्त गरेको हो ।
बौद्धिक, सालिन र इमान्दार व्यक्तित्वको छवी बनाएका सुवेदी सामाजिक काममार्फत बढी लोकप्रिय थिए । नेकपाभित्र पनि बैचारिक र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।
सुखानी शहीद प्रतिस्ठानमा सचिवसमेत रहेका सुवेदीले सामाजिक अभियानको लामो अनुभवलाई परिषदको संस्थागत विकास, सामाजिक तथा नागरिक संघसंस्था र आम नागरिकको समग्र विकासका योगदान पुर्याउने गरी काम गर्ने बताएका छन् ।
Comment