भदौ १६ बाट उडान सञ्चालन नभए आन्दोलनमा जाने वायु सेवा सञ्चालकको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भदौ १६ बाट उडान सञ्चालन नभए आन्दोलनमा जाने वायु सेवा सञ्चालकको चेतावनी



काठमाडाै । भदाै १ गते देखि उडान सञ्चालनमा ल्याउने तयारीमा रहेका वायु सेवा सञ्चालकहरु सरकारसंग आक्रोशित भएका छन् । उनिहरुले भदौ १६ बाट उडान सञ्चालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट सञ्चालन हुने भनिएको हवाइ उडान थप १५ दिन बन्द अवस्थामा राख्ने निर्णय गरेको थियो ।

भदौ १६ पछि मात्रै खुला गर्ने निर्णय गरेपछि वायु सेवा सञ्चालक संघकले आन्तरिक हवाइ सेवा तत्काल सञ्चालनमा नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन ।

आफूहरु विश्व स्वास्थ्य संगठन र आइकाओले तय गरेका उडान मापदण्ड पालना गरेर उडान गर्न तयार रहेको संघको जिकिर । ‘आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने भन्दै सञ्चालकहरुले टिकेटिङ सिष्टमबाट यात्रुहरुको कन्ट्याक्ट ट्रेसिङ पनि क्षणभर मै गराउन सकिन्छ’ संघको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीहरुले उडान संचालन गर्न नपाउदा दिनानुदिन ठुलाे आर्थिक क्षति व्यहोर्नु परेको र व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार १४:२९