रुसले बनायो काेराेनाविरुद्धकाे खाेप , पहिलो डोज पुटिनका दुई छोरीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

रुसले बनायो काेराेनाविरुद्धकाे खाेप , पहिलो डोज पुटिनका दुई छोरीलाई



काठमाडाै । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गरेका छन ।

रुसले विकास गरेको सो खोप पहिलो डोज पुटिनका दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

समाचार एजेन्सी एजेन्सी एएफपीकाे जानकारी अनुसार याे खाेप मस्काेकाे गामेल्या इन्स्टिच्युटले बनाएकाे हाे । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै याे खाेपकाे उत्पादन सुरु गर्ने र ठूलाे सङ्ख्यामा खाेपकाे डाेज बनाउने बताएकाछन् ।

पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता समेत बताएकाछन् । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । उत्पादन गरेको खोप लगाए पछि लामो समयसम्म कोरोना बाट बच्न सकिने रुसको दाबी छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १५:३७