हाइकिङ्गको हब तारकेश्वर (फोटोफिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

हाइकिङ्गको हब तारकेश्वर (फोटोफिचर)



काठमाडाै । राजधानी काठमाडौँ उपत्यकाको मुख्य शहरबाट नजिकै रहेको धार्मिक तथा पर्यटकीय केन्द्र हो तारकेश्वर महादेवको मन्दिर। काठमाडौंको पश्चिमी क्षेत्रमा रहेको तारकेश्वर महादेव मन्दिरको हाइकिङ बालाजु बाइपासको तीनपिप्लेबाट शुरू हुन्छ। भुवनेश्वरी मन्दिरबाट पञ्च माने हेर्दै अगाडि बढ्दा तारकेश्वर महादेवको मन्दिर पुगिन्छ। शिवपुरी–नार्गाजुन निकुञ्जभित्रको यो मन्दिरबाट हिमशृङ्खलासँगै काठमाडौं उपत्यका र त्रिशूली बजार देखिन्छ। यो ट्रेलमा गुर्जुभन्ज्याङहुँदै झोर झरना पुगेपछि हाइकिङ सकिन्छ।

स्वस्थानी वर्त कथामा उल्लेख भए अनुसार पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति भई शक्तिपीठको रुपमा रहेको भनाई छ । सोही नामबाट यस नगरपालिकाको नाम तारकेश्वर नगरपालिका रहन गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक साँस्कृतिक तथा भाषिक विविधताले भरिपूर्ण छ ।

साँस्कृतिक शक्तिपीठका रुपमा श्री तारकेश्वर महादेव मन्दिर, पुरानो गुह्येश्व्री मन्दिर, मनमैजु ईन्द्रायणी मन्दिर, भुवनेश्वरी मन्दिर, शान्तिधाम, सिम्लेश्वर महादेव मन्दिर, महांकाल मन्दिर, नारायण देवी, कल्पेश्वर महादेव, नाखलडोल, बैखु, लोलाङ, पांचमाने, फेदी बजार, फुटुङ बजार, कुञ्चिप्वाकल जस्ता क्षेत्रहरु यस नगरपालिका धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेका छन् ।

भौगोलिक अवस्थिति :
१) समुन्द्र सहतदेखिको उचाई : १३४५ मि.
२) क्षेत्रफल : ३५ वर्ग कि.मि.
३) सिमाना : पुर्व : टोखा नगरपालिका
पश्चिम : नार्गाजुन नगरपालिका
उत्तर : नुवाकोट जिल्ला
दक्षिण : काठमाडौं महानगरपालिका वडा नं. १६
४) अवस्थिति :
देशान्तर : ८५०१८’११”
अक्षांश : २७०२७’१२”

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १२:२२