नेप्से ९ दशमलव ९८ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बैंक / वित्त

नेप्से ९ दशमलव ९८ अंकले घट्यो



काठमाडाै । नेप्से कारोबार भएको दोस्रो घण्टामा ९ दशमलव ९८ अंकले घटेको छ । १ हजार ३८७ दशमलव ४४ विन्दुबाट शुरु भएको नेप्से कारोबारको यस अवधिमा शून्य दशमलव ७२ प्रतिशत घटेर १ हजार ३७२ दशमलव ६८ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक स्थिर रहेको छ । होटल्स र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

दुई घण्टाको अवधिमा १८१ ओटा कम्पनीको रू. ४९ करोड ९३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।

प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १५:५६