मंगोलियाले ११ टन सुन किन्यो, तीन अर्ब ६० करोड डलर सन्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

मंगोलियाले ११ टन सुन किन्यो, तीन अर्ब ६० करोड डलर सन्चित



एजेन्सी । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।

मंगोलियामा नौ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सन्चित रहेको छ ।

बैंककाअनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर सन्चित रहेको छ ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सन्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार २१:४१