जगदम्बा इन्टरप्राइजेज प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जगदम्बा इन्टरप्राइजेज प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु



काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका प्रमुख कार्यकारी अधिकृतको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको हो । उनी भारतिय नागरिक हुन् ।

गण्डक कोभिड अस्पतालका अनुसार राति साढे ११ बजे उनको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनी मुटुरोगी थिए । साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हिजो दिउँसोदेखि अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ११:२१