सुजुकी बाईक खरिदमा नगद छुट वा शुन्य ब्याजदर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुजुकी बाईक खरिदमा नगद छुट वा शुन्य ब्याजदर अफर



काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमौबाईल्स प्रालिले कोरोना विशेष स्किमको घोषणा गरेकौ छ।

बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज गर्न प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा ० प्रतिशत ब्याजदरकौ स्किमको आह्वान गरेकौ छ। ग्राहकलाई १५ हजार नगद छुट वा ० प्रतिशत ब्याज दरमध्ये ठिक लाग्छ त्यौ छानेर लिन सकिने कम्पनीले जानकारि दिए।

कम्पनीले अगाडि सारेको स्किम यहि श्रावण १ गतेदेखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। एक्सचेञ्जमा समेत यौ स्किम लागू गरिएकौ कम्पनिले जानकारी गराए।

सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि शुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकौ बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेकौ कम्पनीको दावी छ।

प्रकाशित : ३ श्रावण २०७७, शनिबार १६:१३