लमजुङ । अविरल बर्षाका कारण लमजुङमा पहिरो जाँदा १ घर पुरिनुकै साथैं एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बेसीसहर नगरपालिका(७ सातबीसका ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङ रहेका छन् ।
गएराति ११ बजे पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुरेको थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनै जनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको छ । पहिरोले त्यस वरपरका अरू घरमा भने क्षति नगरेको प्रहरीले जनाएको छ ।
Comment