काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएको छ । यसरी रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएका नेपालीहरूले पनि भिसा नपाउने भएका हुन् ।
अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ । योसँगै सन् २०२० को डीभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु पनि अमेरिका जान नपाउने भएका हुन् ।
Comment