सुब्बा साहेबहरुको प्रश्न -‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुब्बा साहेबहरुको प्रश्न -‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’



काठमाडाै । निजामती सेवा ऐनमा असन्तुष्ट नायब सुब्बाहरुले सिँहदरवारमा आन्दोलन गरेका छन् । संघीय निजामती सेवा ऐनको विधेयकको विरोधमा नायव सुब्बा(नासु)हरू आन्दोलित भएका हुन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट सोमबार पारित प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदा कर्मचारीको हित विपरीत भएको भन्दै उनीहरू आज बिहान कार्यालय समयदेखि नै परिसर भित्र भेला भई र्‍याली निकालेका छन् ।

विधेयकमा उल्लेखित व्यवस्थाहरूले राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको वृत्ति विकासमा गम्भीर असर परेको उनीहरूको भनाई छ ।

उनिहरुले उनीहरुले ‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएको छ । हाल प्रचलनमा रहेको निजामती सेवा ऐन २०४९ मा शाखा अधिकृतमा पदपूर्तिका लागि नायब सुब्बाहरु मध्येबाट ३० प्रतिशतले बढुवा पाउने र ७० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट आउने गरेका छन् । नयाँ ऐनले शाखा अधिकृतको पदपूर्तिमा रहेको बढुवाको विद्यमान प्रतिशत घटाएर २० मा झारेसँगै नायब सुब्बा पदमा कार्यरत कर्मचारीहरुको बढुवामा असर पर्नेछ । पदपूर्तिको उक्त प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप तथा आपत्तिजनक रहेको नायब सुब्बाहरुको ठहर छ ।

सुब्बाहरुले निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीहरुलाई कुनै पनि पदमा प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने साविकको व्यवस्था गर्न, कनै कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत गणना हुनुपर्ने लगायतका माग पनि राखेका छन् । देशभर राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा झण्डै ३५ हजार कर्मचारी कार्यरत छन् ।

प्रकाशित : १६ असार २०७७, मंगलवार १२:२१