लकडाउनले रोजीरोटीमा असर परेपछि यातायात व्यवसायी र मजदुर सडकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लकडाउनले रोजीरोटीमा असर परेपछि यातायात व्यवसायी र मजदुर सडकमा



काठमाडाै । लकडाउनले रोजीरोटीमा असर परेपछि यातायात व्यवसायी र मजदुर सडकमा उत्रिएका छन् ।

ट्याक्सी व्यवसायी तथा मजदुरले व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्दै मंगलबार बिहान यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।

मुलुकमा करिब ६ हजार ट्याक्सी छन् । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा चैत ११ गते देखि लकडाउन भइरहेको छ । लकडाउन शुरु भएसँगै ट्याक्सी तथा सार्वजनिक यातायात ३ महिनादेखि बन्द छन् ।

व्यवसायीले ट्याक्सी आपत्कालीन सेवामा समेत संचालन हुने उल्लेख गर्दै चलाउन पाउनुपर्ने बताएका छन् ।

प्रकाशित : १६ असार २०७७, मंगलवार ०८:५४