काठमाडाै । चार वटा सिमेन्ट उद्योगलाई कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर पुरा नगरेको भन्दै रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्टलाई कारबाही गरेको हो ।
विभागले संकलित नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको पाईएपछि कारबाही गरिएको छ । सिमेन्टसँगै कमल रोलिङ मिल्स (स्टिल उद्योग) र एभरेष्ट ग्यास (ग्यास उद्योग) पनि कारबाहीमा परेको छ ।
Comment