पाटन अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पाटन अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु



काठमाडाै। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २६ पुगेको छ । पछिल्लो पटक ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा एक संक्रमितको मृत्यु भएको हो ।

अस्पतालका अनुसार कोरोनाबाट मृत्यु हुने २६ औं व्यक्ति ४९ वर्षीय पुरुष रहेका छन् । काठमाडाैमा अस्थायी रुपमा बसोबास गर्दै आएका ती पुरुषको स्थायी ठेगाना चाहि चितवन हो । उनले पाँच महिनाअघि मृगौला प्रत्यारोपण गरेका थिए ।

उनमा केही दिनअघि नै कोरोना संक्रमण देखिएको थियो । अवस्था केही जटिल बनेपछि उनलाई केही दिनअघि पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : ११ असार २०७७, बिहीबार १५:२०