कुवेतबाट १ सय ५० नेपाली महिला स्वदेश आइपुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कुवेतबाट १ सय ५० नेपाली महिला स्वदेश आइपुगे



काठमाडौं । कुवेतमा रोजगारी गुमाएका र अनधिकृत रुपमा रहेका १ सय ५० नेपाली महिलालाई बिहीबार स्वदेश फर्केका छन् ।

कोरोना भाइरसको महामारीपछि लुकीछिपी बसेका र भिसा सकिएकाहरुलाई आम माफी दिने प्रावधान अन्तर्गत उनीहरु माफी पाएर फर्केका हुन् ।

यसैगरी बिहीबारनै ओमानबाट १ सय ४२ जना महिला र पुृरुष कामदार पनि स्वदेश फर्केका छन् ।
यद्दपी उनीहरु कसैको पनि कोरोना टेष्ट नगरी ल्याइएको बुझिएको छ ।

बिदेशमा अलपत्र नेपालीलाई नेपाल सरकारले कोरोना टेष्ट गर्नुपर्ने मापदण्ड तोके अनुसार पहिलो खेपमा युएईबाट उद्धार गरिएका सबैकोे कोरोना टेष्ट गरी ल्याएकोमा पछिल्लो पटक भने उक्त मापदण्डको बेवास्ता गरिएको छ ।

उद्धार गरी ल्याईएका नेपाली कामदारलाई नेपाली सेनाले तयार पारेको होल्डिङ एरियामा राखी सम्बन्धित प्रदेशमा पठाउने गरिएको छ । कोरोना टेष्ट नगरी बाहिरबाट कामदार ल्याउँदा देशैभर संक्रमण फैलिने सम्भावना रहेको छ ।

प्रकाशित : ४ असार २०७७, बिहीबार २२:२२