काठमाडौं । सोमबार विभिन्न प्रदेशहरुले आर्थिक बर्ष ०७७/२०७८ का लागि बजेट प्रश्तुत गरेका छन् ।
प्रदेश नं १ सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागि रु ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको बजेटमा चालूतर्फ रू.१८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार बिनियोजन गरिएको छ । जुन बजेटको ४६ दशमलव २९ प्रतिशत हो ।
त्यसै गरि पूँजीगततर्फ रू.२१ अर्ब ९२ करोड ५० लाख ४ हजार बिनियोजन गरिएको छ । जुन कुल बजेटको ५३ दशमलव ७१ प्रतिशत हो । वित्तीय व्यवस्थापन तर्फ रू.४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु। २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट आन्तरिक स्रोतबाट रू.४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट रू.१० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट रू.१५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात रू.६ अर्ब रहने छ ।
अघिल्लो वर्ष प्रदेश सरकारले रू.४२ अर्ब २० करोड ४ लाखको बजेट ल्याएको थियो ।
त्यस्तै, प्रदेश नं २ सरकारले अगामी आर्थिक वर्षको लागि रू। ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार कुल बजेट विनियोजन गरेको छ ।
प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ रू। १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५ दशमलव ९५ प्रतिशत र पुँजितर्फ रु १७ अर्ब ९८ करोड ८२ लाख अर्थात् ५३ दशमलव ६७ प्रतिशत बजेट विनियोजन गरेको हो ।
यता, वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ का लागि रू.५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।
सोमवार साँझ आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ रू.२६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलव १२ प्रतिशत विनियोजन गरिएको बताएका छन् ।
वाग्मती प्रदेशमा पूर्वाधार विकास कार्यक्रम संचालन गर्नको लागि रू.१ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले जानकारी दिए । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ का लागि भने रू.४७ अर्ब ६० करोड ८७ लाख ८६ हजारको बजेट ल्याएको थियो ।
उता, गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण तथा उपचारका लागि रू.२ अर्ब ९१ करोड ७६ लाखको कोष बनाउने घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उता, प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रू. ३६ अर्ब ३५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटले कोभिड –१९ ले प्रभावित पारेको अर्थतन्त्रलाई उकास्ने गरी स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार प्रदेश सभामा प्रस्तुत गरेको आब २०७७/०७८ को बजेट चालू आवको बजेटभन्दा झण्डै रू. ५ करोडले कम छ । प्रदेश सरकारले चालु आवका लागि अघिल्लो वर्ष र.३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७र०७८ का ३३ अर्ब बढी रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ १४ अर्ब १८ करोड, पुँजीगत तर्फ १६ अर्ब ७२ करोड विनियोजन गरेको छ ।
सुदुरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपुरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए ।
Comment