कोरोना कोषमा सहकारी महासंघको २७ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

सहकारी

कोरोना कोषमा सहकारी महासंघको २७ लाख रुपैयाँ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानका तर्फबाट नेपाल सरकारको कोरोना उपचार कोषमा २७ लाख रुपैयाँ बढी रकम प्रदान गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले शुक्रबार उपप्रधान एवं रक्षामन्त्री तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड–१९ को महामारीविरुद्ध लड्नका लागि संघीय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी ५२ लाख बढी सहयोग उपलब्ध भएको महासंघले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार २१:१९ 5 June, 2020 9:19 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।