कोरोना रोकथामका लागि एडीबीको ३० अर्ब रुपैयाँ ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरोना रोकथामका लागि एडीबीको ३० अर्ब रुपैयाँ ऋण



काठमाडौं । कोरोना रोकथामका लागि एसियाली विकास बैंक (एडीबी)ले ३० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ ।

उक्त ऋण सम्झौतापत्रमा सोमबार अर्थसचिव शिशिर ढुंगाना र एसियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा हस्ताक्षर गरे ।

एडीबीले उपलब्ध गराएको रकमले कोरोना नियन्त्रणका लागि सहयोग पुग्ने मन्त्रालयका सचिव शिशिर ढुंगानाले बताए ।

ऋण सहयोगले जनस्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने सचिव ढुंगानाको भनाइ छ ।

बैंकले उपलब्ध गराएको ऋण जनस्वास्थ्य, ‘क्वारेन्टाइन’ बनाउन तथा प्रयोगशाला बनाउनमा खर्चिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार १९:१४