विदेशमा अलपत्र शवको विदेशमै अन्त्येष्टी गरिए ५० हजार नगद ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

विदेशमा अलपत्र शवको विदेशमै अन्त्येष्टी गरिए ५० हजार नगद !



काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका कामदारको विदेशमै अन्त्येष्टी गरिए सान्त्वना राहतस्वरुप परिवारलाई ५० हजार रुपैयाँ दिने प्रस्ताव गरेको छ ।

श्रम मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले विदेशमा मृत्यु भएका व्यक्तिका परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रहका साथ यस्तो प्रस्ताव गरेको हो ।

विदेशमा मृत्यु भएकाहरुको शवसम्म ल्याउन चासो नदिएको आरोप सरकारलाई लागिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

विदेशमा अहिले १११ जनाभन्दा बढीको शव अलपत्र परेको जनाइएको छ । कोरोनाका कारण मृत्यु भएकाको अन्त्यष्टी विदेशमै हुने भएपनि अरु कारणले मृत्यु भएकाको शव भने नेपाल ल्याउन परिवारले सरकारसँग आग्रह गरिरहेका छन् ।

वैदेशिक रोजगर बोर्डको सचिवालयले शव विदेशमै अन्त्यष्टिका लागि अनुमति दिन परिवारहरुसँग भनिरहेको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्यष्टीका लागि सहमतिपत्र दिन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि निधन भएका कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय श्रम मन्त्रीस्तरबाट भएको पनि बोर्डले जनाएको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार २१:४०