काठमाडौं । कोरोना भाइरसबाट बच्नको लागि चीनले हालै एन्टी भाइरस कार निर्माण गरेको छ । सो कारको कुनै पनि स्थानमा कोरोना भाइरस बाँच्न सक्दैन ।
कारको फिचरले ब्याक्टेरिया र भाइरसको ट्रान्समिसन रोक्ने दावी गरिएको छ ।
चीनको अटो कम्पनी जिलीले सो एसयूभीमा भएको एयर फिल्ट्रेसन सिस्टमले कारमा भाइरसको संक्रमणबाट बचाउन मद्दत गर्ने दावी गरेको छ ।
कारलाई इन्टेलिजेन्ट एयर प्युरिफिकेसन सिस्टम नाम दिइएको छ । कम्पनीका अनुसार सो एसयूभीले ०.३ माइक्रोमिटर आकारको पार्टिकललाई ९५ प्रतिशतसम्म रोक्न सक्षम रहेको छ ।
कोरोना भाइरस ०.०६ देखि ०.१४ माइक्रोमिटरसम्मको हुने गर्छ । चिनियाँ कम्पनी जिलीले हेल्दी कार प्रोजेक्ट नामबाट ५ करोड २ लाख डलरको लागतमा काम सुरु गरेको छ ।
कार सार्वजनिक भए पश्चात ३० हजार युनिट यस्ता कारको अर्डर आएको कम्पनीले बताएको छ ।
यद्यपी चाइना मार्केट रिसर्च ग्रुपका एमडी शुआन रेनले कोरोनामुक्त भनेर प्रचार गरिने कुनै पनि कार कम्पनीको भनाइमा नलाग्न चेतावनी दिएका छन् ।
Comment