काठमाडौं । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायर भएको छ ।
मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं मुद्दा दर्ता गराएको हो ।
उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
ऐनको दफा २ को क अनुसार कालोबजारी, दफा ३ को १ अनुसार नाफाखोरीको, दफा ५ अनुसार जम्माखोरी तथा कृतिम अभावको आरोपमा मुद्दा दायर गरिएको छ । यी तीन वटानै आरोपमा अधिकतम १ वर्ष कैद हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रहरीले उनी विरुद्ध १५ लाख ७८ हजार जरिमाना माग गरेको थियो ।
२५ चैतमा महानगरीय अपराध महाशाखाको टोली आफै ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेको थियो । करिब ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्ने अग्रवाल सहित ६७ वटा थर्मल गन प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Comment