नवकान्तिपुर साकोसद्धारा पत्रकारलाई ज्याकेट सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

नवकान्तिपुर साकोसद्धारा पत्रकारलाई ज्याकेट सहयोग




काठमाडौं । बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारहरुकालागि प्रेस ज्याकेट सहयोग गरेको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को संयोजनमा संस्थाले फिल्डमा गएर दैनिक रिपोर्टिङ गर्न सहज होस भन्ने उद्धेश्यले पत्रकारहरुकालागि प्रेस ज्याकेट सहयोग गरेको संस्थाका शाखा प्रवन्धक हरीप्रसाद पाण्डेले बताए ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्थामा रहेको हुँदा पत्रकारलाई दैनिक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले संस्थासंग सहकार्य गरी सिजेएनका सदस्य पत्रकारलाई ज्याकेट सहयोग गरेको सिजेएनका अध्यक्ष खिलानाथ दाहालले जानकारी दिए ।

प्रकाशित : १ बैशाख २०७७, सोमबार १४:०६