काठमाडौंको कालिमाटी तरकारी बजार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौंको कालिमाटी तरकारी बजार बन्द



काठमाडौं । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजार तत्कालका लागि बिहीबारबाट बन्द गरिएको छ ।

लकडाउनको समयमा व्यापारी र उपोभाक्ताको भीड बढेपछि काठमाडौँ महानगरपालिकाले तरकारी तथा फलफूल बजार बन्द गरेको छ ।

कालिमाटीमा तरकारी र फलफूल स्टोर गर्ने र त्यहाँबाट थोक व्यापारी मार्फत विभिन्न स्थानका बिक्रि केन्द्रहरुमा लगेर बिक्रि गरिने छ ।

महानगरपालिकाले खुलामञ्च, तीनकुने, गौशाला, महाराजगञ्ज, बालाजु, बल्खु, लैनचौर, गोंगबु लगायतका ११ स्थान तोकेको छ ।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार १०:२३