कोरोना कोषमा आयल निगमको ५० करोड रुपैयाँ सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरोना कोषमा आयल निगमको ५० करोड रुपैयाँ सहयोग



काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा अर्ब सहयोग गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बिहीबार हस्तान्तरण गरिएको छ ।

निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन विज्ञप्तिमार्फत् सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहीबार २१:४५