आवासीय तालिम हासेरा फर्म पाताले खेत, धुलिखेलमा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आवासीय तालिम हासेरा फर्म पाताले खेत, धुलिखेलमा सम्पन्न



काठमाडौँ । भबिष्यका कृषि पर्यटन उद्धमीहरुको बिकाशका लागि स्टे इन फर्म को आयोजन र हासेरा को सहयोगमा ३ दिने आवासीय तालिम हासेरा फर्म पाताले खेत, धुलिखेलमा सम्पन्न भयो । यो तालिममा AFU, IAAS & IOE, का बिद्यार्थीहरुको सहभागिता थियो । स्टे इन फर्म एक युथ लेड टेक कम्पनी हो । जसले आइटीको प्रयोगले कृषि पर्यटनको प्रवर्धन गर्दै आइरहेको छ।

यसको उदेश्य कृषक र पर्यटकको बीचको दुरी घटिरहेको छ र कृषि पर्यटन क्षेत्रमा चाहिने जनशक्ति बढाउन विभिन्न प्रकारको तालिम आयोजना गर्छ । यो तालिममा हासेराका कार्यकारी निर्देशक र नेपालमा पर्माकल्चरको क्रान्ति ल्याउनु भएको गोविन्द शर्माले पर्माकल्चरको बारेमा तालिम दिनु भएको थियो ।

जसमा पर्माकल्चरको प्रयोग तेसका फाइदा र संरचनाको कुरा भएको थियो भने दुईदेले फर्मका CEO संजय काफ्लेले कृषि फर्मका आधारभूतकुरा हरु त्यसका प्राविधिक क्षेत्र र कृषि फर्म संचालन कसरी गर्ने त्यसको बारेमा कुरा गर्नु भयो ।

ओखरबोट अर्गानिक फर्मका CEO जोन हम्मेलले नेपालमा कृषि पर्यटनमा आधारित फर्म संचालन गर्दा त्यसका चुनौती र सम्भावनाको बारेमा कुरा गर्नु भयो ।

हासेरा फर्मका प्रशिक्षक बिबेक धितालले फर्मको ब्यापारिक मोडेल, पर्माकल्चर डिजाईनको बारेमा तालिम संचालन गर्नु भएको थियो। स्टे इन फर्मका प्रबन्धक निर्देशक अजय पाण्डेयले फर्मको डिजिटल र ब्रान्डको बारेमा तालिम दिनु भएको थियो ।

त्यस तालिममा उहाँले ब्रान्डिंगको महत्व र बजारमा ब्रान्डिंगको प्रयोगले आफ्नो छुट्टै पहिचान कसरि बनाउन सकिन्छ त्यसको बारेमा प्रकाश पर्नु भएको थियो । स्टे इन फर्मका प्रबन्धक निर्देशक अजय पाण्डेयले भन्नु भयो हामी युवाहरुको कृषि पर्यटन क्षेत्रमा रुचि देखेर धेरै नै खुसि छौँ ।

हाम्रो देशमा आउने प्रय्तक ले धेरै हिमाल पहाड देखे अब पालो हो हाम्रो गाउँको हाम्रो कृषिको तरिका देखाउने । स्टे इन फर्मको मुख्य उदेश्य नै कृषक र पर्यटक बिचको दुरी घटाउने र नेपालमा आधुनिक कृषि फर्मको प्रवर्धनमा सहयोग पुराउनु हो ।

यो हाम्रो पहिलो तालिम थियो र यसले निर्तान्तरता पाउने छ । सहभागीहरु बाट नयाँ कृषि फर्म खोल्ने र कृषि पर्यटन क्षेत्रमा योगदान दिने बाचा सहित यो तालिम सम्पन्न भयो ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार १४:०३