सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको भाउ बिहीबार तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी बिहीबार तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहीबार १२:४८