काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा चैत २८ र २९ गते निर्णय गरेको छ। आइतबार महासंघको कार्यलयमा बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति घोषणा गरेको हो।
कार्यसमितिले महासंघको साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको छ। कार्यसमितिले प्रदेशको निर्वाचनका सम्बन्धमा समेत छलफल गरेको छ । प्रदेशको निर्वाचन नभएकोले केन्द्रको निर्वाचन नगराउन भन्दै महासंघमा केही दिन अघि उजुरी परेको थियो। महासंघको विधानमा केन्द्रको निर्वाचन गर्नु दुई महिना अघि प्रदेशको निर्वाचन हुनुपर्ने प्रावधान छ।
यो साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने भएकाले चुनाबी चहलपहल केही महिना अघि देखिनै सुरु भइसकेको छ। योसँगै औपचारिक रुपमा निर्वाचनको माहोललाई तताएको छ।
Comment