सुनको मूल्य आज फेरी बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य आज फेरी बढ्यो



काठमाडाै । लगातार घटिरहेको सुनको मूल्य आज फेरी बढेको छ । बुधबार ७५७०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य बिहिबार (आज ) ३०० रुपैयाँले बढेर ७६००० कायम भएको नेपाल सुनचाँदी ब्यबसाय महासंघले जनाएको छ। गत पुस २३ गते प्रतितोला ७६ हजार ५०० पुगेर किर्तिमान कायम गरेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७६, बिहीबार १३:४५