काठमाडाै । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सञ्चालन अनुमति दिएको छ ।
क्यापिटलले सोमबार ३२ औ मर्चेन्ट बैंकको रुपमा अनुमति प्राप्त गरेको हो । माछापुच्छ्रेले अण्डरराइटीङ, शेयर परामर्श सेवा र पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने गरि अनुमति पाएको हो। क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । नेपाल धितोपत्र बोर्डले यसअगाडि नै नयाँ लाइसेन्सका लागि निवेदन बन्द गरिसकेको छ । बोर्डमा परेको निवेदनमध्ये यो अन्तिम थियो ।
यससँगै बोर्डले नयाँ लाइसेन्स खुला नगरेसम्मका लागि नेपालमा मर्चेन्ट बैंकिङ सुविधा दिने संस्था ३२ पुगेको छ ।मर्चेन्ट बैकहरुले प्राथमिक तथा दोस्रो बजारका लागि काम गर्दै आएका छन् । म्युचुअल फण्ड सञ्चालन गर्नेदेखि लिएर प्राथमिक शेयर निष्काशन सम्ममका काम मर्चेन्ट बैंकहरुले प्रदान गर्दै आएका छन् ।
Comment