कुमारी बैंकले पायो ३० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमती, १०.२५ प्रतिशत ब्याज पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकले पायो ३० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमती, १०.२५ प्रतिशत ब्याज पाइने



काठमाडाै । कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नलाई धितो पत्र बोर्डबाट अनुमति पाएको छ ।

३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टको लागि छुट्याइएको छ। ‘१०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर २०८६’ नाम दिइएको १० बर्षे अवधि यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले दीर्घकालीन लगानी स्रोत जुटाउन तथा बैंकको पूँजी प्रयाप्तता अनुपात बढाएर व्यवसाय विस्तारलाई बढावा दिन बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो।

इक्रा नेपालले कुमारी बैंकको यस डिबेन्चरलाई बिबिबि प्लस (बोलीचालीको भाषामा ट्रिपल बि प्लस) दिएको छ। यो रेटिंङले डिबेन्चर औषत भन्दा राम्रो छ भन्ने इंकित गर्दछ। बैंकले ऋणपत्र निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा बैंकहरुको स्रोत परिचालन कमजोर हुन नदिन चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्रीलाई जोड दिएका छन् । तर ऋणपत्रहरुको दोस्रो बजारमा सजिलै कारोबार हुन नसक्दा सर्वसाधारण भने खासै आकर्षीत हुन सकेको देखिदैन् ।

प्रकाशित : १ पुष २०७६, मंगलवार १२:४३