नबिल बैंकको ३५ औँ वार्षिक साधारण सभा पुस २२ गते , ३४ प्रतिशत लाभांश पारित गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको ३५ औँ वार्षिक साधारण सभा पुस २२ गते , ३४ प्रतिशत लाभांश पारित गर्दै



काठमाडाै । नबिल बैंकले पुस २२ गते ३५ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ३४ प्रतिशत लाभांश पनि सोहि सभाबाट पारित गर्ने तयारी गरेको छ ।

सभाले बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ११ अर्ब पु¥याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि शुरु हुनेछ।

प्रकाशित : 17 December, 2019 12:13 pm