काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको साधारण सभा पुस २८ गते हुने भएको छ । गत आवको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाव र नगद प्रवाह विवरणमाथी छलफल र चालू आवको लागि लेखा परिक्षक नियुक्तीको विषय सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि पुस १४ र १५ गते दुई दिन बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ ।
Comment