आज दिन भर यी स्थानमा लोडसेडिङ्ग हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज दिन भर यी स्थानमा लोडसेडिङ्ग हुने



काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले आज दिन भर लोडसेडिङ्ग हुने जनाएको छ । प्राधिकरणका अनुसार चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धम्बाराही, सुकेधारा लगायतका क्षेत्रमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुनेछ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तरर्गत ११ केभी ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि आज नेपाल विद्युत प्राधिकरणले विद्युत बन्द गर्ने भएको छ ।


प्रकाशित : १७ मंसिर २०७६, मंगलवार ११:२१