सागर शर्मा, कामु प्रमुख कार्यकारी अधिकृत
यती डेभलपमेन्ट बैंक लि
बैंकमा उच्च तरलताका कारण निक्षेप र कर्जाको ब्याजदर न्यून बिन्दुमा झरेको र यसबाट पुँजी पलायनको खतरा बढ्यो भन्ने बैंकरहरुको भनाई छ । खास कुरो के हो ?
हामी कसरी चलेको छौ भन्ने प्रमुख कुरा हो । अहिले तरलता बढ्नुमा सबै भन्दा ठूलो रोल खेलेको भनेको रेमिट्यान्सले नै हो । दैनिक २ अर्ब भन्दा बढि रेमिट्यान्स आउछ । त्यो पैसा आउने माध्यम बैंक नै हो । हाम्रो जस्तो मुलुकमा दुई अर्ब आउनु भनेको ठूलो कुरा हो । बैंक माध्यम भएका कारण पनि त्यो रकम परिचालन हुन सकेको छैन । परिचालन किन हुन सकेन भन्ने एउटा पक्ष भनेको राजनितिक अबस्था नै हो । यो समस्या त छदै थियो । प्राकृतिक विपत्ती आयो । त्यो खास क्षेत्रमा थियो । त्यस पछि नाकाबन्दी आयो । नाकाबन्दीका कारण अहिले लगानीको वतावरण बन्न सकेन । तर, अहिले लगानी गर्नको लागि अन्यौलको अबस्था नै छ । अहिले सरकारले बजेट मार्फत छुट्याएको रकम परिचालन हुन सकेको छैन । त्यो बजारमा आएको भए तरलताको समास्या ठूलै देखिन्थ्यो ।ढुकुटीमा थनिकिएर बसेको छ । जति पनि रेमिट्यान्सबाट रकम आएर बसेको रकम छ त्यो बराबरको रकम अहिले परिचालन हुन नसकेको हो । तरताका कारण आउन सक्ने प्रभावलाई ख्याल गर्दै नेपाल राष्ट्र बैंकले आफ्नै प्रयासहरु गदै आएको छ । यसले गर्दा केहि सहज भएको छ ।
अर्को कुरा भनेको हाम्रो देश खुल्ला बजार मै छ । जो संग स्रोत छ संभावना जहाँ देख्छ त्यही लगानी गर्न खोज्नु स्वभाविक नै हो । बाहिर लगानी गर्न रोक नै छ । तर चोरी गरेर यता उता गर्न खोज्नेहरु पनि छन् । त्यसले धेरै ठूलो असर पर्ला जस्तो लाग्दैन । खुल्ला सिमानाका कारण बोडर एरियामा केहि प्रभाव पार्ला कि भन्ने हो ।
बैंक तथा वित्तिय संस्थाहरुमा संस्थागत शुसासनको सवाल टड्कारो रुपमा उठ्ने गर्छ । अहिलेको अबस्था कस्तो छ ?
संस्थागत शुसासनका कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंकले धेरै नै निति तथा निर्देशनहरु जारी गर्दै आएको छ । त्यसलाई नै पालना गर्ने हो भने समस्या आउन बाट जोगिन्छ । बैंक भनेको जनताको पैसा लिएर सुरक्षित रुपमा लगानी गरेर ब्याज दिनु प¥यो र लगानीकर्तालाई त्यसको रिटन दिनु प¥यो । पैसा भनेको जता पनि चुहिने कुरा हो । जसको हातमा पर्छ त्यो नै बलियो हुन्छ । यस हिसाबले पनि यो क्षेत्रमा शुसासन धेरै हुन आबश्यक छ । मुख्य कुरा त जसले नेतृत्व गरिरहेको उसले कुन तरिकाले पालना गर्छ र गराउछ भन्ने कुरामा निर्भर रहन्छ । सुरु सुरुमा बैंक खोल्दा राम्रा नराम्रा आए । अहिले बैंक बुझेका र राम्रो मान्छे मात्रै टिक्न सक्ने वतावरण आएको छ । विगतमा गल्ती गर्नेहरु कारबाहीमा परेका छन् । अहिले बैंकिङ कसुर झन तगडा बनाउदै छ । अहिले सुधारको अबस्थामा धेरै बैंकहरु गएका छन् ।
हिजो जहा जसरी पनि बैंक खोल्न दिने राष्ट्र बैंक आज धेरै भयो भनेर भटाभट मर्जमा जान फोर्स गर्दै छ । यसलाई कसरी हेर्नु भएको छ ?
हिजो विकास क्रमको लागि लाईसेन्स खुल्ला गर्नु आवश्यक थियो । राष्ट्र बैंकले नै पुँजी हालेर धेरै संस्था खोलेको हैन र ? नेपाल राष्ट्र बैंकले पुँजी हालेर त्यो बेला बैंक सञ्चालन गर्नुको मुख्य उद्देश्य भनको निजी क्षेत्रको विश्वास लिनको लागि गरेको थियो । पछि यसको फाइदा भनेको बैंक तथा वित्तिय संस्था खोल्न निजी क्षेत्रमा आकर्षण त आयो नि । निजी क्षेत्रलाई अकर्षित गर्ने वतावरण निर्माण गर्नु थियो । वतावरण बन्यो बिस्तारै हात झिक्दै गएर आफै बैंक चलाउ भन्यो । बाहिर धेरै देशमा बैंकिङ क्षेत्रमा यहि मोडालिटि अनुसार काम भएको छ । अर्को पक्ष भनेको बैंक मर्जमा गएर पुँजी बढ्नु भनेको एकदमै ठूलो कुरा हो । समस्या त आइहाल्छ । पुँजी राम्रो भयो भने विश्वास बढ्छ जनतामा । ठूला क्षेत्रमा लागानी गर्न पनि सहज हुन आउछ ।
मर्जरमा गएर संख्या घट्दै छ । नेपालमा बैंक कति आवश्यक होला ?
संख्यात्मक रुपमा यति र उति भन्दा पनि नेपाल राज्य भर बैंकले सेवा दिन सक्ने क्षमताको हुनु प¥यो । अहिले हाम्रा बैंक भनेको सहरी क्षेत्रमा मात्रै सिमित छन् । नयाँ ठाउमा बैंक पुग्योभने मात्रै कारोबार बढ्दै जान्छ । जिल्लामा ल्याउन सरकारले विभिन्न पोलिसिहरु ल्याउनु पर्छ । अहिले पनि केहि गरेको छ । त्यसलाई व्यापकता दिनु पर्छ । बैंक मर्ज भएर घटे पनि त्याहाँ भएका शाखाहरु त घटदैनन नि । मुख्य कुरात सेवा कति दि सक्छ ।
मर्जमै जानु समस्यामा समाधान हो र ?
मर्ज समस्याको समाधानको उपाय त हैन । राम्रो बन्ने एउटा स्टेप चै हो ।
कर्जा विस्तारमा समस्या आएको छ भनिन्छ । यसलाई सम्बोधन कसरी गर्न सकिन्छ ?
उत्पादन क्षेत्रमा धेरै किसिमका समस्या छन् । त्यस्तै अहिलेको राजनितिक तथा विभिन्न संघहरुका कारणले गर्दा लगानीकर्ताहरु उत्पादनमुलक संस्थामा छोडेर सेवा मुखी क्षेत्रमा मात्रै केन्द्रित हुन थालेका छन् । जब सम्म राज्यले केहि सम्बोधन गर्न सक्दैन एउटा लगानीकर्ताले चाहेर पनि यो क्षेत्रमा केहि काम गर्न सक्दैन । सामान्य मजदुरले लगानी कर्तालाई उठबस गराएको अबस्था छ । त्यस कारण पनि लगानीकर्ताले म गर्छु भन्दा हुन्छ ? मुख्य कुरा भनेको उत्पादनमुलक उद्योग छ, फस्टाउन नसक्नुको कारण पनि वतावरण नभएर हो । जुन क्षेत्र निजी क्षेत्रको आकर्षणमा पर्दैन त्यसलाई राज्यले बाध्यकारी बनाउने हो । त्यसैले कृषि र जलविधुतको क्षेत्रमा राज्यले बाध्यकारी व्यवस्था गरेको छ । राज्यले वतावरण निर्माण गरिदियो भने कर्जाको माग बढ्छ । मुख्य कुरा भनेको राज्यले काम गर्न वतावरण बनाउन निती बनाउन जानुपर्छ । अर्को कुरा भनेको लगानी नै धितोमा आधारित छ ।उद्यमशिलता धितो नभएका संग पनि होला नि त ? योजना भएका र काम गर्ने क्षमता भएकाहरुलाई कर्जा कसरी दिन सकिन्छ भन्ने निती नै हाम्रोमा छैन । यस तर्फ पनि सोच्न आवश्यक छ ।
अहिले यति बैंकको अवस्था कस्तो छ ?
अहिले एक अर्ब ३८ करोड ६५ लाख चुक्ता पुँजी छ । विगतमा विभिन्न कठिनाई पार गर्दै यो अबस्थामा आएको हो । एक आपसमा मर्ज भए पछि काम गर्दै गर्दा भित्रका समस्याको बारेमा बुझ्न् पुग्छौ र अहिले हामीले भएका आन्तरिक समस्यालाई यसरी हल गर्ने भन्ने निश्कर्शमा पुगेका छौँ । अहिले हामी पुँजी पु¥याउने आन्तरिक तयारीमा छौँ । पुँजी प¥याउनु पर्ने बाध्यता नै छ । नभए मर्जको लागि साथी खोज्नु पर्छ । बिजनेस प्लस पाक्षिकबाट
Comment