बिर्तामोडमा मुख्य कार्यालयरही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।
संस्थाका पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यका पिता र बजार प्रतिनिधि रञ्जिता भण्डारी आचार्यका ससुराको निधन प्रति दु:ख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको छ।

संस्थाका पाडाजँगी सेवा केन्द्र प्रमुख आचार्यका पिता छविलाल आचार्यको ७५ वर्षको उमेरमा गत असोज २५ गते निधन भएको थियो । संस्थाले आचार्यको मृत्युमा ९० हजार मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको हो ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफले, संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत सहित संचालक र कर्मचारीहरुले आज स्वर्गीय आचार्यको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उक्त श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।
Comment