सहाकारी खसी बाेका बेच्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहाकारी खसी बाेका बेच्ने



कावासोती । दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् ।

बुटवल, चितवन, पोखरा, काठमाडाँैलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको छु”, चितवनबाट खसी खरीदका लागि आएका व्यापारी सुनिल तिवारीले भने । नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार १३:१२