नवकान्तिपुर बचत तथा ऋण सहकारीको २२ औं बार्षिक साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

नवकान्तिपुर बचत तथा ऋण सहकारीको २२ औं बार्षिक साधारण सभा



काठमाडौं । बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा तथा २२ औं वार्षिकोत्सव आश्विन ७ गते मंगलबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशबप्रसाद बडालको प्रमुख आतिथ्यमा धुम्रबराह पार्टी प्यालेस, धुम्बाराही काठमाण्डौमा सम्पन्न भयो । सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष ०७५÷७६ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो ।


संस्थाका अध्यक्ष सिटौलाले आ.ब. ०७५÷७६ को असार मसान्त सम्ममा संस्थाको कुल निक्षेप २ अर्ब १८ करोड १२ लाख ९१ हजार १७१ कायम भएको छ भने कर्जा लगानी १ अर्ब ३५ करोड ५१ लाख २९ हजार ४६२ पुगेको छ । त्यस्तै संस्थाको चुक्ता पूँजि ६ करोड १९ लाख १४ हजार ३ सय रहेको छ भने जगेडा तथा अन्य कोषहरु १५ करोड ७८ लाख ५७ हजार ४८० रहेको छ । संस्थाको सञ्चालन बचत(मुनाफा) ५ करोड ९० लाख ५४ हजार २५६ कायम भएको जानकारी दिनुहुदै संस्थाले आर्थिक वर्ष ०७५÷७६ को मुनाफाबाट सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरणको लागि प्रस्ताव गर्नु भयो । साथै संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने र हालको कार्यक्षेत्र अन्तर्गतका काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका, ललितपुर जिल्लाको ईमाडोल, भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा सदस्य सेवाकेन्द्र खोल्ने योजना समेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले आफ्नो स्वागत मन्तब्य व्यक्त गर्नुहुदै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पुजिलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानि गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनीय योगदान प¥याएको चर्चा गर्नुहुदै संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडाल ज्यूले संस्थाको प्रगतिको शुभकामनाको साथमा संस्थाका अध्यक्ष ज्यू लाई सहकारी सम्बन्धि पुस्तक हस्तान्तरण गर्नुभयो । सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाले ३ जना ज्येष्ठ सदस्यलाई रु. १०००१ नगद सहित नवकान्तिपुर ज्येष्ठ सदस्य सम्मान २०७६ बाट सम्मानित गर्नुका साथै २०७६ सालको एसइई परिक्षामा उत्कृष्ठ अंक हासील गर्नुभएका ११ जना सदस्यका छोराछोरीहरुलाई रु १०००१ नगद पुरस्कार सहित नवकान्तिपुर एसइई सम्मान २०७६ बाट सम्मानित गरियो । १५ बर्ष संस्थामा निरन्तर कार्य गरिरहनुभएका कर्मचारीलाई रु. ७५००१÷ नगद पुरस्कार सहित दीर्घ सेवा पदक २०७६ बाट पुरस्कृत गरियो ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ०८:२६