गायक राजेश पायल राईको घरमा आगलागी , कति भयो क्षती ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गायक राजेश पायल राईको घरमा आगलागी , कति भयो क्षती ?



काठमाडौं। गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । तर उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन ।। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन.. अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे।’

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ०८:१३