अग्रिम बुकिङ भदौभित्रै खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अग्रिम बुकिङ भदौभित्रै खुल्ने



काठमाडौं । यातायात व्यवस्था विभागले दशैंमा राजधानीबाट बाहिरिने बस टिकटको अग्रिम बुकिङ भदौभित्रै खुल्ने बताएको छ। ‘विभागले यसै साता राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी अग्रिम बुकिङ खुला गर्न लागेको हो। महासंघले भाडा समायोजन गर्नुपर्ने माग राखेको छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘तर, दशैअगाडि भाडा समायोजन हुँदैन ‘हमालले विभागले भाडा समायोजन समिति बनाएको र समितिले दिएको सुझावका आधारमा भाडा निर्धारण गर्न सकिने बताए।

महासंघले पनि सरकारसँग छलफल भइरहेको र अग्रिम टिकट खुलाउने पहलमै आफू लागेको बताएको छ । भाडा समायोजन आफ्नो माग रहे पनि यसको अन्तिम निर्णय सरकारले गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । ‘भाडा वृद्धिका लागि हामीले कुनै बार्गेनिङ गरेका छैनौं,’ उनले भने, ‘प्रत्येक आर्थिक वर्षमा विभागसँग छलफल हुने गरेको छ, यो छलफल पनि त्यसैको निरन्तरता मात्रै हो। यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित : २३ भाद्र २०७६, सोमबार ०८:१२