डा.हरिहर देव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार बेल्वासेलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डा.हरिहर देव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार बेल्वासेलाई



काठमाडाै । जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरीबी न्यूनीकरण गर्नका लागि समर्पित नेपालमा सर्वप्रथम औपचारिक रुपमा विना धितो लघुवित्त सुरुवात गर्ने लघुवित्तका प्रथम प्रवद्र्धक डा.हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको डा.हरिहरदेव पन्त फाउण्डेसनले डा.पन्तको चौथो स्मृति दिवसको अवसर पारेर पत्रकार विष्णु वेलवासेलाई हरिहरदेव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार स्वरुप नगद रु.५० हजार सहित सम्मान पत्र प्रदान गर्ने भएको छ ।

लघुवित्तका प्रथम प्रवद्र्धक पन्तको स्मृतिमा फाउण्डेसनले हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पत्रकार बेल्वासे विगत दुई दशकदेखि पत्रकारित क्षेत्रमा क्रियाशिल छन् । आर्थिक अभियान दैनिक, कारोबार दैनिक, नागरिक दैनिक लगायत करिव आधा दर्जन पत्रपत्रिकामा काम गरिसकेका उनी हाल नेपाल न्यूजमा सहसम्पादकको रुपमा क्रियाशिल छन् ।
डा.पन्त नेपालमा लघुवित्तका पिताको रुपमा परिचित छन् । ग्रामीण क्षेत्रमा विपन्न गरिव परिवारहरुमा लघुवित्त कार्यक्रममार्फत आर्थिक, सामाजिक तथा मानसिक विकास गराउने काममा उनले अत्यन्त महत्वपूर्ण योगदान पु¥याएका थिए ।
गत वर्ष फाउण्डेसनले उक्त पुरस्कार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष गोकर्ण राज अवस्थीलाइ प्रदान गरेको थियो ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलवार ०८:१०