एजेन्सी । पहिरनको कारण बेला बेला चर्चामा आउने बलिउड अभिनेत्री प्रियंका चाेपडा आफ्नै जेठाजुको वर्थडे पार्टीमा लगाएको पहिरनले अहिले चर्चामा छिन् ।
आफ्नै पति निक जोनसको दाई जेठ जोनसको बर्थडे पार्टीमा प्रियंकाले लगाएको पहिरनबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।
न्यूयोर्कमा भएको उक्त पार्टीमा प्रियंकाले आफ्ना पति निकको साथमा कालो कपडाको अनौठो पहिरन लगाएकी छिन् ।
निक कालो सुटमा छन् भने प्रियंका कालो तर पुरै पारदर्शी पहिरनमा छिन् । यि दुवैको फोटो अहिले सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।
Comment