१० बर्षभित्र सहकारी संख्या ५ हजारमा झार्नुपर्छ ः बडाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

१० बर्षभित्र सहकारी संख्या ५ हजारमा झार्नुपर्छ ः बडाल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संघ÷संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताउनुभएको छ । उहाँले सोमबार सहकारी समन्वय संजालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै भन्नुभयो,‘ अब सहकारीकर्मीहरुले सहकारीको एकिकरणमा जोड दिनुपर्छ । यसमा उत्साहि भएर अभियान चलाउन आग्रह गर्दछु ।’ उहाँले गैरसरकारी संस्थाले प्रवद्र्धन गरेका सहकारी संस्थाहरु पनि एकीकरण हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले ऐन नियमले तोके अनुसार कोषहरु निमांण गरी सहकारीलाई सवल र बलियो बनाउने समेत आग्रह गर्नुभयो । उहाँले सहकारीको विषय बुझाए मात्र सदस्यता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी विकास बोर्डले आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी घटाउने तर उत्पादनलाई ५ बर्षमा दोब्बर बनाउनुपर्ने विचार राख्नुभयो ।
उहाँले सन्दर्भ ब्याज दरको प्रसंगमा भन्नुभयो । उहाँले ‘बढि ब्याज दिन्छु भनेर निक्षेप संकलन गर्ने सहकारीलाई ट्रयाकमा ल्याउनुपर्छ ।’ सन्दर्भ ब्याजदरलाई लिएर सहकारीकर्मीहरु विभाजीत हुने स्थिति बन्न नहुने बताउनुभयो ।

‘राज्य र सहकारी एक भएर अगाडि बढ्नुपर्छ । राज्यसँग मत बजाएर सहकारी अगाडि बढ्न सक्दैन ।’ उहाँले भन्नुभयो,‘सहकारी क्षेत्र स्वायत्त र स्वतन्त्र हो तर स्वच्छन्द होइन । गल तगर्नेलाई दण्ड दिनुपर्छ ।’ उहाँले दक्षिण्त गर्ने र संरक्षण नगर्ने हो भने पनि सहकराी अभियान चल्न नसक्ने बताउनुभयो । उहाँले सहकारी एकिकरण भएर ठूलो भइ उत्पादन बृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।


सहकारी महासंघ, केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, सहकारी विकास बोर्ड, विभिन्न गैर सरहकारी संघ÷संस्था, , कृषि विभाग, पशुसेवा विभाग, महिला विकास विभाग, विकास बोर्डहरु, राष्ट्र बैंकलगायतका प्रतिनिधिहरु सो संजलामा रहेका छन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण सहकारी बैंकमार्फत उपलब्ध गराउन सकेको खण्डमा सहकारीले गर्ने उत्पादनमा बृद्धि हुने बताउनुभयो । उहाँले बैंकले ४४ शाखामार्फत सहकारी संघ÷संस्थालाई वित्तिय सेवा प्रदान गरिरहेको बताउनुभयो ।
आइएलओका राष्ट्रिय कार्यक्रम व्यवस्थापक नविन कर्णले सहकारी मूल्य शृखलामा जानुपर्ने र यसका लागि आइएलओले सहकारीमार्फत विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले सहकारी तल्लो समुदायसम्म पुगेको क्षेत्र भएकाले यसलाई सरकारले महत्व दिएको धारणा राख्नुभयो ।


कार्यक्रममा साना किसा लद्युवित्त संस्थाका कार्यकारी निर्देशक डा शिवराम कोइराला र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रि गुराजाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलवार ०७:४२