यसरी बने ओशो ९० वटा रोल्स रोयस कारको मालिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यसरी बने ओशो ९० वटा रोल्स रोयस कारको मालिक



रजनिश ओशो आफ्नो जमाना चर्चित व्यक्तित्व हुन् । चर्चासँगै विवादले पनि पछ्याएका उनका संसारभर नै अनुयायी छन् । उनको निधन भएको लामो समय भइसक्यो । यद्यपी अहिले पनि विभिन्न मुलुकमा आश्रम खोलेर उनका विचारहरुको अनुशरण गर्नेहरुको संख्यामा बृद्धि भइरहेकै छ । ओशोका नेपालमा पनि थुप्रै अनुयायी रहेका छन् । काठमाडौँका विभिन्न स्थानमा ओशो आश्रमहरु रहेका छन् ।

विभिन्न कारणले चर्चासँगै विवाद पनि पनि फकेका ओशोसँग ९० रोल्स रोयस कार थियो भन्दा सायद विश्वास गर्न गाह्रो पर्ला । तर यो सत्य कुरा हो । ओशोको अनुयायीहरु उनलाई महँगा महँगा उपहारहरु दिने गर्थे । उनी आफ्ना अनुयायीहरुले उपहार दिएका कार सहर्ष स्वीकार गर्थे । उपहार पाएर नै उनीसँग भएको ९० रोल्स रोयस कार जम्मा भएका थिए ।

ओशो पनि गर्वका साथ आफ्ना भक्तजनहरुले चाहेको खण्डमा जति पनि कार दिन सक्छन् भन्ने अभिव्यक्ति दिदै हिड्थे । उनको भित्रि चाहना थियो आफुसँग ३६५ वटा रोल्स रोयस कार होस् र हरेक दिन अलग अलग कारमा यात्रा गर्न पाइयोस् । यस्तो अभिव्यक्ति उनी खुल्लमखुल्ला व्यक्त गर्थे । अनुयायीले कार उपहार दिनुलाई उनी सायद गौरव महशुष गर्थे होला ।

ओशोको जन्म ११ डिसेम्बर १९३९ मा भारत मध्यप्रदेशको रायसेन जिल्लामा भएको थियो । उनको प्रवचन सुनेर ठूलो संख्यामा युवा पूस्ता मोहित बन्थ्यो । सन् १९६८ मा उनको सबै प्रवचनलाई जोडेर एउटा किताब प्रकाशन गरेका थिए जसको नाम ‘सम्भोग से समाधि की और’ राखिएको थियो । जसको कारण ओशो अझ बढी विवादमा फसे ।

ओशोले विश्वका विभिन्न मुलुकमा पुगेर आफ्नो अनुयायी बनाए । उनका अनुयायीहरुका लागि संसारका धेरै स्थानमा आश्रम खोलिएको थियो । ओशोले भारतमा पहिलो ध्यान केन्द्र सन् १९६२ मा शुरु गरेका थिए । नशालु पदार्थमा लागेको आरोपको कारण ओशोलाई १९८५ मा जर्मनमा गिरफ्तार गरिएको थियो । ओशोलाई विश्वको कुल २१ देशमा प्रवेश निषेध गरिएको छ ।

प्रकाशित : १८ श्रावण २०७६, शनिबार १०:३३