पुठ्ठाको वार्षिक आम्दानी ३ करोड ५० लाख ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

पुठ्ठाको वार्षिक आम्दानी ३ करोड ५० लाख !



युवतीहरुले आफ्ना पुठ्ठा आकर्षक बनाउन सके त्यसले ग्ल्यामर मात्र नबढाएर आम्दानी समेत बढाउन सहयोग गर्छ भन्ने कुराको उदाहरण ब्राजिलकी नातालिया गारिबाटो पनि हुन् । महिलाहरुले आफूलाई आकर्षक देखाउन व्यायाम गर्नेदेखि लिएर नियमित जिम जानुपर्छ भनेर सजग गराउन इन्ष्टग्राममा फोटो अफलोड गर्दै आएकी नातालियाको त्यहीँ काम अहिले आम्दानीको दरिलो स्रोत भएको छ ।

जिममा कसरत गरेका आफ्ना तस्बिर आकर्षक ढंगले प्रस्तुत गर्दै आएकी नातालियाले जिम गर्न थालेपछि आफ्नो शरीर कत्तिको आकर्षक भयो भन्ने कुरा दर्शाउन तस्बिर पनि अपलोड गर्न थालिन् । उनको आकर्षक शरीर हेर्न चाहनेहरु इन्स्टाग्रामा ह्वात्तै बढे पनि । माग बढ्दै गएपछि उनीप्रति विभिन्न व्यापारिक कम्पनीको आकर्षण समेत देखापर्यो जसका कारण कहिले कुनै कम्पनीले एउटा फोटो पोष्ट गर्न आग्रह गरे नातालिया प्रतिपोस्ट ५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिन्छिन् भने उनको वार्षिक आम्दानी ३ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन थालेको छ ।एेजेन्सीको सहयोगमा

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार ०८:३४