प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहकारी अभियानको १० लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

सहकारी

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहकारी अभियानको १० लाख

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अयिभानको तर्फबाट वाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी हस्तान्तरण गरेको हो ।


महासंघको प्राकृतिक विपत्ति उद्धार कोष, विभिन्न सहकारी संघ÷संस्था, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) एवं राष्ट्रिय सहकारी बैंकबाट संकलन गरिएको रकम प्रदान गरिएको हो । सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक चन्द्र ढकाल, संचालक तथा प्रदेश सभा सदस्य तारा लामा तामाङ, संचालक खेम वहादुर पाठक, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेत, राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगायतको उपस्थिति थियो ।

महासंघले यस अघि २०७५ साल चैत २८ गते बारा र पर्साको हावाहुरी प्रभावित परिवारको सहयोगार्थ ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको थियो । सो अवसरमा लेखा संयोजक धर्मदत्त देवकोटाले आफूले प्रकाशन गरेको पुस्तक समेत प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित : १६ श्रावण २०७६, बिहिबार १९:३५ 1 August, 2019 7:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।