अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा अस्पतालमा आमा छोरी बन्धक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा अस्पतालमा आमा छोरी बन्धक



काठमाडौं । उपचार खर्च तिर्न नसक्दा मकवानपुरको बसामाडीकी २६ वर्षीया सोनु तामाङ एकमहिने छोरीसँगै अस्पतालमा बन्धक छिन् । गत जेठ ३० मा जन्मिएकी छोरी रेचेनलाई ज्वरोले सताएको थियो । गाउँकै स्वास्थ्य संस्थामा उपचार गराएर औषधि खुवाइरहेकी थिइन् । असार १७ को बेलुकी दुध खुवाउन खोज्दा शरीर लल्याकलुलुक भयो । परिवारले धामीझाँक्री लगाए । सन्चो हुने छाँट नदेखिएपछि रातारात हेटौँडा अस्पताल भरतपुर हुँदै काठमाडौं ल्याइयो ।

‘बच्चा साह्रै भइसकेकाले भरतपुरमा डाक्टर भेन्टिलेटर र अक्सिजन भएको एम्बुलेन्स खोज्न भने, के पर्खिने भनेर काठमाडौं ल्यायौ,’ तामाङले भनिन् । एम्बुलेन्सले राम्रो भनेर महाराजगन्जको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा ल्याइदियो । अस्पताल राखेको झन्डै एक महिना भयो । ल्याइदेखि नै छोरी भेन्टिलेटरमा आईसीयूमा छिन् । उपचारमा चार लाख रुपैयाँ लागिसकेको छ ।

विपन्न तामाङ परिवार यतिका रकम तिर्न सक्ने क्षमता छैनन् । अस्पतालले रिफरल पत्र पनि दिइसकेको छ । डाक्टर बेलाबेला सोनुलाई बच्चा कान्ति लैजाने कि घर लैजाने भन्दै सोधिरहन्छन् ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रकाशित : १५ श्रावण २०७६, बुधबार ०७:००