काठमाडाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै चीन भ्रमणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै चीन भ्रमणमा



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो ।

आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् ।

भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन् ।

कानुनतः जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्नेहुन्छ ।

तर, नगरप्रमुख शाक्यसहितको नगरपालिकाको जम्बो टोलीले सो कानुनी व्यवस्थाको खिल्ली उडाएका छन् ।

महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल नगरप्रमुखसहितको टोलीे ल्हासा सहरको निमन्त्रणालाई स्वीकार्दै त्यसतर्फ गएको बताए । -राजधानी दैनिकबाट

प्रकाशित : १५ श्रावण २०७६, बुधबार ०६:५५