सलम्पाखा अधिकारी गाउँ टोल सुधार समाजको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सलम्पाखा अधिकारी गाउँ टोल सुधार समाजको रक्तदान कार्यक्रम



भक्तपुर । सलम्पाखा अधिकारी गाउँ टोल सुधार समाजको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत शनिवार समाज र कम्न्यिुटी मेडिकल सेन्टरको संयुक्त आयोजना, हिमाल ब्लड टान्फ्युजन सेन्टरले निशुल्क प्राविधीक सहयोगमा सो कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा ५५ जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष र्निमल हुमागाईले जानकारी दिए ।
गर्मि याममा रगतको धेरै अभाव हुने समस्य देखिएकाले समस्या समाधानमा टेवा पुर्याउन कार्यक्रमको आयोजना गरिएको हुमागाईले बताए ।


सो कार्यक्रममा , हिमाल ब्लड टान्फ्युजन सेन्टर निशुल्क स्वास्थय शिविर पनि संचालन गरेको थियो । सो कार्यक्रमा आर्थिक अभावले उपचार खर्च जुटाउन समस्या भएकाहरुलाई स्वेच्छिक आर्थिक सहयोग संकलन गरेको थियो ।

सो सहयोग रकम रामेछाप लिखु तामाकोसी गाउपालिका वडा न ७ स्थायी घर भई हाल भक्तपुर सुर्य विनायक न पा वडा ३ बस्ने संजय खड्काको छोरा सागर खड्काको दुवै मृगौलाको उपचारका लागि एक लाख नगद सहयोग समेत गरेको थियो ।

संस्थाका अध्यक्ष रमेश कुमार अधिकारीले गर्नुभएको रक्तदान कार्यक्रममा अतिथिहरुमा सूयबिनायक नं.पा. वडा नं. ३ का वडा अध्यक्ष शिवसरण खत्री, समाजसेवी राजकुमार सिल्वाल, बालकोट खाने पानिउपभोक्ता समितिका सचिव हरी शरण अधिकारी, तुवाचोटार टोल सुधार समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगाएतपदाधिकारीहरु,

स्थानिय सहकारीका पदाधिकारी, टोलमा बसोबास गर्ने बिभिन्न ब्यक्तित्वहरु र सलम्पाखा अधिकारीगाउँ टोल सुधार समाजका पदाधिकारी, संचालक , सदस्यहरु र रक्तदान गर्ने सदस्यहरु र अन्य रक्तदाताहरुको उल्लेख्य उपस्थिती रहेको थियोभने उक्तकार्यक्रम समाजमा सचिवदुर्गा प्रसादअधिकारीले संचालनगर्नु भएको थियो ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार १२:२६