यी ४ राशिको आज धनको वर्षा हुने , भाग्य हेर्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

यी ४ राशिको आज धनको वर्षा हुने , भाग्य हेर्नुहोस्



आजको पञ्चाङ्ग
मिति २०७६ साल साउन १२ गते आइतबार, इस २०१९ जुलाई २८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। नेसं ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, एकादशी, १४ः५९ उप्रान्त द्वादशी तिथि। काठमाडौंमा सूर्योदय-५ः२५ बजे, सूर्यास्त- १८ः५४ बजे र दिनमान ३३ घडी २ पला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको सहि सदुपयोग गरि प्रशस्त लाभ लिने समय रहेकोछ। व्यापार व्यावसायमा लगानी गरि मनग्गे लाभ लिन सकिने तथा आम्दानीबढाउँन सकिनेछ । बोलैरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटि स्वरुप दिएको धन सम्पति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा प्रगति गरि नाम कमाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतगर्दा महत्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ। नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ। समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु तथा प्रतिस्पर्धिहरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ। पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ। माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानीगर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार ०८:२७